arrow

घाइते भेट्न आएकी भारतीय राज्यमन्त्री खड्से र गृहमन्त्री लेखकबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ८ शनिबार
ramesh-lekhak-khadse-81-5-8.jpeg

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेबीच भेटवार्ता भएको छ । शनिबार गृह मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । 

शुक्रबार पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेपछि भएका घाइतेको अवस्था बुझ्न काठमाडौँ आएकी भारतीय राज्यमन्त्री खडसे गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेकी हुन् ।

यसअघि दुवैले शिक्षण अस्पताल महाराजगंज पुगेर घाइतेको अवस्था बारे जानकारी लिएका थिए । सो दुर्घटनामा २७ जना भारतीय यात्रीको मृत्यु भएको थियो भने १६ जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

भेटवार्तामा घाइतेहरुको उपचार, मृत्यु भएकाहरुको शव भारत पठाउने लगायतका विषयमा छलफल भएको बताइएको छ । बस दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टम सकिएको बताइएको छ ।

मृतकहरुको शव लिन भारतीय एयरफोर्सको जहाज नेपाल आउने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ