arrow

भारतीय सेनाको जहाजले लग्यो मर्स्याङ्दी बस दुर्घटनाका मृतकको शव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
army-biman.jpg

काठमाडौँ ।  मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकको शव शनिवार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको हो । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको छ । 

शुक्रबार पोखराबाट काठमाडौँतर्फ  आउँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

२७ जना मृतकको शव भने पोस्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो । शनिबार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले काठमाडौं आएर घाइतेहरूसँग भेट गरेकी थिइन् । त्यसपछि भरतपुर गई शव जिम्मा लिएर भारत लिएर गएकी हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ