arrow

सन्तानको दीर्घायुको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
chhatti-parba.jpg

रुपन्देही । पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ ।

भैरहवा र आसपासका क्षेत्र धकधई, बेथरी, मर्चवारलगायत स्थानका महिलाले व्रत बसेर यो पर्व मनाइरहेका छन् ।

श्री कृष्ण जन्माष्टमीको अघिल्लो दिन मनाइने यो पर्व विशेषतः कुशको पूजा गरी सुरु हुन्छ ।

महुवाको पातमा महुवाको फल, दही, तिन्नीको चामललगायत राखी महिला सामूहिक रुपमा धार्मिक स्थलमामा गई कुशको पूजा गर्ने गर्दछन् ।

त्यसपछि सन्तानलाई दही, तिन्नीको चामल, महुवाको पललगायतको टिका लगाई प्रसाद खान दिन्छन् ।

उनीहरुले दिउँसो सामूहिक रुपमै विभिन्न कथा श्रवण गर्ने र तिन्नीको चामलले पकाएको भात खाने गरेका छन् ।

व्रतमा प्राकृतिक फलफूल, पकवान, दही, महुवा, साग र तिन्नीको भातलगायत सामग्री प्रसादका रुपमा ग्रहण गर्ने चलन छ ।

यो व्रतमा महुवाकै दातुनले दाँत माझ्ने गरिन्छ ।

यसै तिथिमा भगवान् श्री कृष्णको दाजु बलरामको जन्मोत्सव मनाउने पराम्परा रहेकाले खेतमा उब्जिएको वा हलोले जोतेर उब्जाएको कुनै अन्न खानु हुँदैन भन्ने मान्यता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ