arrow

दशैँअघि दुग्ध र उखु किसानलाई भुक्तानी दिन्छौंः कृषिमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
ramnath-adhikari-05-9.jpg

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारले सरकारले दुध र उखु किसानको रकम दशैँअघि भुक्तानि दिने बताएका छन् । आईतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री अधिकारीले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम भुक्तानि एक महिनाभित्र दशैँअघि गर्ने तयारी रहेको बताएका हुन् । 

उनले उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ उपलब्ध गराउने योजना रहेको बताए । मन्त्री अधिकारीले दुग्ध किसानलाई १ अर्ब ३६ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताए । उनले दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सरकारले योजना बनाइरहेको बताए । उनले सरकारले किसानसँग उधारो दुध किन्ने र नगदमा बेचेर किसानलाई पैसा नदिने समस्या समाधान गरिने बताए । 

उनले उखु किसानलाई १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको भन्दै उक्त रकम पनि दशैँअघि उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको बताए । उनले सरकारले तरकारी लगायत अन्य कृषिजन्य उत्पादनमा विषादीको प्रयोग न्युनिकरण गर्ने बताए । उनले तरकारीमा विषादीको प्रयोग नियन्त्रण गर्न जरुरी रहेको बताए । 
उनले भने,‘सरकारले १ अर्ब ३६ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी छ । उक्त रकम यो महिनाभित्र वा दशैँअघिसम्म विगत ११ महिनादेखि बाँकी रहेको भुक्तानी पाउनु हुनेछ । सरकारले दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सोच बनाएको छ । किसानसँग उधारो दुग्ध किन्न तर नगदमा बेच्ने किसानलाई पैसा नदिने समस्या दीर्घकालिन रुपमा नओस् भन्ने गरी समाधानका उपाय बनाउने छौं । उखु किसानको विषयमा पनि मन्त्रालय जानकार छ । दशैँअघि रकम उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको छ । १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । कृषि मन्त्रालयको जिम्मेवारीमा म छु । मैले जिम्मा लिन सक्छु । अन्तरसमन्वय गर्नुपर्ने काम हुँदैछ । वन,भूमिसुधार,उद्योग,अर्थ,प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयसँग समन्वय अपरिहार्य छ । हामी अन्तरमन्त्रालय समन्वय गरेर जान्छौं । मलाई गलत गर्ने छृुट छैन । ठूला राजनीतिक दलहरु प्रति मान्छेहरुको वितृष्णा फैलिएको छ । वितृष्णा फैलिन नदिन विगतमा जस्तै भयो भने ममा फरक के त ? त्यसकारण त्यसमा छुट मसँग छैन । कृषि क्षेत्रको सुधार गर्नेतर्फ र उद्देश्यमा पु¥याउने तर्फ कमजोरी हुन दिई अगाडि बढ्ने उदेश्य बोकेको छु । कृषि बस्तुमा विषादी प्रयोगको विषयमा मलाई थाहा छ । काभ्रे,मकवानपुर,धादिङ,चितवन जिल्लाका विषयमा जानकारी छ । त्यसको व्यवस्थापन गर्ने र विषादिको अत्याधिक प्रयोग नियन्त्रण गर्नु जरुरी छ । तत्काल आज नै सम्भावना नहोला । तर न्युनिकरणको लागि मन्त्रालयको तर्फबाट गरिनुपर्ने काममा कमजोरी हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ