arrow

जनताका मुद्दा र सवाललाई लिएर उपेन्द्र सडक संघर्षमा जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
upendra-yadhav-01-26.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन् । आईतबार काठमाडौंमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले जनतालाई सचेत र संगठित गर्न आफूहरले चार महिने अभियान चलाएको बताए । अध्यक्ष यादवले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दाहरुलाई लिएर र जनताका सवाललाई लिएर हामी सडक संघर्षमा उत्रिने बताए । उनले मुलुकलाई बचाउने हो भने अब मुख ताकेर नहुने बताए । उनले अब पनि अरुको मुख ताकेर देश र जनताको भविष्य छोड्न नसक्ने बताए । जसपा नेपालले सडक र जनताको बीचबाट हस्तक्षेपकारी भुमिका खेल्नका लागि तयार हुनुपर्ने बताए ।

उनले भने, ‘जनतालाई सचेत गर्ने, जनतालाई संगठित गर्नका लागि हामीले यो चार महिने अभियान चलाएका हौँ । यसपछि यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा हामीले जनताका मुद्दाहरुलाई लिएर जनताका सवाललाई लिएर हामी सडक संघर्षमा जानैपर्छ । यो मुलुकलाई बचाउने हो भने अब मुख ताकेर हुँदैन । अब पनि यिनीहरुकै भरमा देश र जनताको भविष्य छोड्ने कुरा हुँदैन । अब हामीले हस्तक्षेपकारी भुमिका सडकबाट जनताको बीचबाट खेल्नका लागि तयार रहनुपर्छ । त्यसको लागि यो तयार हो । अब संविधान संशोधनको कुरा आइरहेको छ । नेताहरुको भाषण सुनेँ, राजनीतिक स्थिरता भएन, त्यसकारण यो समानुपातिक समावेशी हटाउने पर्छ । समानुपातिक, समावेशीमा को परेका छन्, दलित, जनजाति, महिला, मुस्लिम परेका छन् । यिनीहरुको भागिदारी हुने हो भनेर हटाउने हो । त्यो हटाएर राजनीतिक स्थिरता हुँदैन ।’

अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ