arrow

दबाबमा म्याक्रोन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
macron-france.jpg

काठमाडौँ । फ्रान्समा गत जुलाईमा भएको संसदीय निर्वाचनपछि प्रधानमन्त्रीको नाम घोषणा गर्न दबाब बढिरहेका बेला राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार दुर्लभ वार्ताका लागि अति दक्षिणपन्थी समूहका मरीन ले पेनसँग छलफल गरेका छन् । 

नेसनल र्‍याली (आरएन) पार्टीका प्रमुख जोर्डन बर्डेलाको साथमा ले पेन पेरिसको स्थानीय समय अनुसार सोमबार बिहान ०८ः४५ मा राष्ट्रपतिको कार्यालयमा पछाडिको गेट हुँदै प्रवेश गरेका थिए । 

मध्यमार्गी म्याक्रोनले गत महिना आह्वान गरेको मध्यावधि निर्वाचनले फ्रान्सलाई सन् २०२२ देखि अल्पमतको सरकार चलाइरहेको त्रिशङ्कु संसद्को गतिरोधबाट मुक्त गर्न असफल भएको थियो ।

मुख्यतया तीन समूहमा विभाजित नेशनल एसेम्ब्ली (तल्लो सदन) मा १९० भन्दा बढी सीटहरूको साथ वामपन्थी दलहरूको न्यू पपुलर फ्रन्ट (एनएफपी) गठबन्धन पहिलो शक्ति, त्यसपछि दोस्रोमा राष्ट्रपतिका समर्थक दलहरूको गठबन्धनको १६० र अति दक्षिणपन्थी राष्ट्रिय र्‍याली १४० सीटसहित तेस्रो स्थानमा रहेका छन् ।

कूल ५७७ सिट क्षमताको संसद्मा बहुमतका लागि २८९ जनाको आवश्यकता पर्छ । 

जुलाई ७ मा दोस्रो चरणको निर्वाचन सम्पन्न भएदेखि नै बामपन्थीहरुले म्याक्रोनलाई सबैभन्दा ठूलो शक्तिका रूपमा आफ्नो एक जनालाई प्रधानमन्त्री बनाउन दबाब दिइरहेका छन् ।

उनीहरूले ३७ वर्षीय अर्थशास्त्री तथा सरकारी कर्मचारी लुसी कास्टेट्सलाई सरकार प्रमुखको सम्भावित उम्मेदवारका रुपमा अघि सारेका छन् ।

म्याक्रोनले कामचलाउ सरकारलाई लामो समय सरकार चलाउने अवसर दिँदै नयाँ प्रधानमन्त्री नियुक्त गर्न ढिलाइ गरिरहेका छन् । 

उनले विश्वासको मतमा तत्काल अपदस्थ नहुने व्यापक समर्थन भएको व्यक्तिलाई सरकारमा ल्याउन खोजिरहेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ