arrow
ADVERTISEMENT

ब्रजिल ट्रान्जिट हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि नयाँ नियम 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
brazil-flag.jpg

काठमाडौँ । ब्रजिल ट्रान्जिट हुँदै तेस्रो मुलुक जान जाहने नेपाली यात्रीका लागि ब्रजिल सरकारले नयाँ नियम लगाएको छ । 

हालै ब्रजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब सात सय विदेशीहरु रोकिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै ब्रजिलस्थित नेपाली दूतावासले ट्रान्जिटमा रहेका सबै १७६ नेपालीहरु सकुशल रहेकोसमेत उल्लेख गरेको छ । 

साथै आवश्यकताअनुसार उनीहरुलाई मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेकोसमेत जनाएको छ । 

त्यस्तै ब्रजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्रजिल प्रवेशको अनुमति दिने नियम ल्याएको भन्दै अब नेपालीले ब्रजिल भएर सिधै गन्तव्य मुलुकमा उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाएको छ । 

ब्रजिलमा रहेको नेपाली दूतावासले मानव तस्करी बढेको भन्दै कागजात र प्रवेशाा लिएरमात्र ब्रजिल र ब्रजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन अनुरोधसमेत गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ