arrow

पोखराका पहारी किसान संघको केन्द्रीय सदस्य मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
lokraj-pahari-kaski.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाम निवासी लोकराज पहारी किसान संघको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई किसान संघमा मनोनित गरेको मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । पहारी ताल वाराही माध्यमिक विद्यालयमा नेविसंघको संस्थापक सभापति थिए ।

उनी सोही विद्यालयका पूर्व शिक्षक तथा नेपाल शिक्षंक संघ कास्कीका आजीवन सदस्य हुन् । साथै उनी पोखरा-५ स्थित धर्मस्थली आधारभूत विद्यालयको समेत पूर्व प्रधानाध्यापक हुन् ।

नेपाल किसान संघ कास्कीको पूर्वअध्यक्ष, क्षेत्रीय अध्यक्ष हुँदै केन्द्रीय सदस्य भए । उनी राजनीतिकसँगै विभिन्न सामाजिक, शैक्षिक क्षेत्रमा सक्रिय छन् ।

लामो समय राजनीति गरे पनि उनी लाभको पदमा भने पुगेका छैनन् । पहारीले एमनेस्टी इन्टरनेशनल ८२ का संस्थापक भएरसमेत काम गरे ।

उनीसँगै कास्कीकै लेखबहादुर गुरुङ, लमजुङका गणेश चिलवाल र बुद्धिबहादुर गुरुङ, स्याङ्जाका पवन नेपाल र भोजराज गुरुङसहित ५१ जना संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

उनी केन्द्रीय सदस्यमा मनोनित भएसँगै कास्कीवासीले खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ