arrow

दोस्रो दिन पनि रुसद्वारा युक्रेनमा ठूलो आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
ukraine-russia-attack-24-04-21.jpg

काठमाडौँ । रुसले युक्रेनमा ८१ साहेद लडाकु ड्रोन र १० वटा क्रुज र ब्यालेस्टिक मिसाइलले मङ्गलबार राति दुई दिनमा दोस्रो आक्रमण गरेको युक्रेनी वायुसेनाले एक विज्ञप्तिमा जनाएको छ ।

वायु रक्षाले १६ क्षेत्रमा ६० ड्रोन र पाँच क्रुज मिसाइल खसालेको विज्ञप्तिमा उल्लेख छ । स्थानीय समयानुसार बिहान ९ बजेसम्ममा १० वटा लडाकु ड्रोन युक्रेनी हवाई क्षेत्रमा थिए । 

मध्य युक्रेनी सहर क्रिभी रिहस्थित एक होटलमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको र पाँच जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

क्षेत्रीय गभर्नर इभान फेदोरोभका अनुसार दक्षिणी सहर जापोरिज्जियामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

पूर्वी खार्किभ क्षेत्रमा दुईवटा पूर्वाधार संरचनामा आक्रमण हुँदा ४१ वर्षीय व्यक्तिको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । किएभ सिटी सैन्य प्रशासनका अनुसार लगभग १५ ड्रोन र धेरै केएच–१०१ मिसाइलहरूले युक्रेनी राजधानीलाई निशाना बनाएको तर सबै हवाई लक्ष्यलाई रोकिएको थियो । 

सोमबार रुसले युक्रेनमा द्वन्द्व सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणमा एक सय २७ मिसाइल र एक सय नौ लडाकू ड्रोन प्रहार गरेको थियो । युक्रेनको आपत्कालीन राज्य सेवाका अनुसार आक्रमणमा सात जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ