- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पोर्चुगिच सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफूले साउदी क्लब अल नासरबाटै संन्यास लिने बताएका छन् ।
३९ वर्षीय रोनाल्डोले पोर्चुगलको च्यानलसँग कुरा गर्दै आफूले केही वर्षमा संन्यास लिने बताउँदै सम्भवतः आफ्नो अन्तिम क्लब अल नासरनै हुने बताएका छन् ।
रोनाल्डोले आफू अल नासरमा खुशी रहेको बताउँदै साउदी लिग र देश दुवैमा आफू खुशीसाथ बसिरहेको प्रतिक्रिया दिएका छन् ।
रोनाल्डोले भनेका छन्, ‘मलाई थाहा छैन मैले कहिले संन्यास लिन्छु । त्यो छिट्टै, दुई–तीन वर्षपछि पनि हुन सक्छ । तर यो अल नासरमै हुनसक्छ । यो टिमसँग म अहिले खुशी छु । म लिग र देश दुवैसँग अहिले खुशी छु । त्यसैले मैले मेरो करियर अल नासरमै अन्त्य गर्नेछु ।’
साथै रोनाल्डोले आफू भविष्यमा कुनै फुटबल टिमको प्रशिक्षक बन्ने कुरालाई अस्वीकार गरेका छन् । रोनाल्डो कुनै पनि फुटबल टिमलाई व्यवस्थापन गर्ने विषय जटिल विषय भएकोले आफूले अहिलेसम्म यस बारेमा नसोचेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो दिमागमा, म कुनै फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने कुरा नै छैन ।’
साथै रोनाल्डोले आफूले भविष्यमा फुटबल भन्दा बाहिर नै केही गर्ने बताएका छन् ।
२०२३ को जनवरीमा साउदी प्रो लिग क्लब अल नासरमा आएका रोनाल्डोले अहिलेसम्म कुनै ट्रफी नजिते पनि आफ्नो खेलबाट प्रभावित भने पारिरहेका छन् । उनले अल नासरका लागि अहिलेसम्म ६७ खेल खेल्दै ६१ गोल गरेका छन् भने १६ गोल असिस्ट गरेका छन् ।