arrow

अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
ashokraj-sigdel-81-5-12.jpg

काठमाडौँ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 

राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ