arrow

राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइयो टीआरसी विधेयक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
trc-logo.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएका छन् ।

सभामुख घिमिरेले बुधबार सो विधेयक प्रमाणीकरण अग्रेर राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।  उक्त विधेयक यसअघि नै संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेको छ ।

अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रुपमा लागू हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ