arrow

पहिलो पटक नेपालमा एयर ब्याडमिन्टनको शुरूआत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
air-badminton-81-5-12.jpg

काठमाडौँ । नेपाल ब्याडमिन्टन संघले युरोपमा लोकप्रिय रहेको विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त नयाँ प्रकारको ब्याडमिन्टन खेल ‘एयर ब्याडमिन्टन’ लाई नेपालमा पनि शुरूआत गर्ने उद्धेश्यले एक दिने प्रदर्शन खेलको आयोजना गर्यो ।

दक्षिण एसियामा नै पहिलो पटक जस्तोसुकै खुला मैदानमा रमाइलो खेलको रुपमा खेल्न सकिने यो खेल ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको ब्याडमिन्टन मैदानमा आयोजना गरिएको थियो ।

‘एयर ब्याडमिन्टन’ द न्यु ब्याडमिन्टन गेम २०२४ नामकरण गरिएको प्रदर्शन खेलमा पुरुष तर्फ १०८ र महिला तर्फ ३४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । पुरुष र महिला युगलतर्फ खेलाइएको खेलमा पुरुष युगलतर्फ लगनखेलका विलन मलान र उज्जल दाहालको जोडी प्रथम भएका थिए । 

यस्तै दोश्रो स्थानमा ललितपुरका मनिष बज्राचार्य र राकेश शाक्यको जोडी, तेश्रो स्थानमा आयुष प्रजापती (भक्तपुर) र एलिस थापा (चितवन) तथा अजय महर्जन र साजन महर्जन (थसी)को जोडी रहे ।

यसैगरी महिलातर्फ नुमा लिम्बू (नखिपोट) र नविना (एपीएफ) को जोडीले शर्मिला केसी र पार्वती राई (पिएफसी) को जोडीलाई फाइनलमा पराजित गर्दै प्रथम स्थान हात पारे । 

यस्तै पीएफसीका मैया भट्टराई र सिता कार्कीको जोडी तथा भक्तपुरका लिना सिपाई र सुभेक्षा था श्रेष्ठको जोडी संयुक्त तेश्रो भए ।

नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाशबहादुर शाही र निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठले संयुक्त उद्घाटन गरेको प्रदर्शन खेलको विजेता खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सहमहासचिव नविनविक्रम शाह, कोषाध्यक्ष तिलक पाण्डे, पूर्व प्रमुख प्रशिक्षक रजनी मैया जोशी, सहायक मुख्य प्रशिक्षक किरण थापा, सचिव राजु थापा, सदस्य छवि शाही, पूर्णभक्त चित्रकार, भुवन श्रेष्ठ, बागमती प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष रुद्रकुमार थिङ्ग लगायतले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

विश्व ब्याडमिन्टन महासंघले खुला मैदानमा सबै समूहका लागि उपयुक्त हुने नयाँ प्रकारको ब्याडमिन्टनलाई जन समक्ष परिचयात्मक रुपमा प्रस्तुत गरेको छ ।

एयर ब्याडमिन्टन द न्यु ओपन ब्याडमिन्टन नामकरण गरिएको ब्याडमिन्टन परम्परागत ब्याडमिन्टन खेल भन्दा केही फरक रहेको छ । यसमा एकल, युगल र तीन जनाको समूहमा खेलाडीहरु सम्मिलित भएर प्रतिस्पर्धा गर्न सकिने छ ।

यसको मैदान र सटल कक परम्परागत ब्याडमिन्टन खेलको भन्दा फरक रहेको छ । कोर्टको मापदण्ड १६ मिटर लम्बाइ र ५ मिटर चौडाइ रहेको हुन्छ । नेटबाट २ मिटरको स्थानलाइ डेड जोन मानिन्छ ।

उक्त स्थानमा सटल कक झरेमा आउट र खेलाडीले उक्त स्थानको लाइन क्रस गरेमा फल मानिनेछ । यस्तै डेड जोनबाट ३ मिटर पर सर्भिस लाइन रहने र ३ मिटरको सर्भिस जोनबाट सर्भिस गर्नु पर्ने हुन्छ ।

यस्तै विपक्षीमा जुनसुकै खेलाडीले रिसिभ गर्न पाउँछ । खुला मैदानमा खेलाइने भएकोले हावाको चापलाई मध्यजर गर्दै भिन्न प्रकारको सटलकक बनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ