arrow

देखिने गरी काम गर्न मन्त्री पाण्डेको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
badri-panday-04-24.jpg
फाइल तस्बिर

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । 

पर्यटन सम्बद्ध निकायसँग छलफलका क्रममा उनले कुन निकायमा कुन ऐन कानुनको खाँचो छ, प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

उनले भने, “मैले हरेक दिनलाई परीक्षाका रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु ।”

उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वाभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्नसमेत मातहतका निकायलाई आग्रह गरे ।

उनले मन्त्री, सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । 

मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालय मातहतका सम्बद्ध विभाग वा निकायसँग छलफल गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ