arrow

एनआईसी एसिया बैंक र यती एयरलाइन्सबीच सहकार्य, ग्राहकलाई सुविधा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
nic-asia-yeti-airlines-81-5.jpg

काठमाडौँ । एनआईसी एसिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एसिया स्काइ क्लब कार्ड प्रयोगकर्ताहरूलाई हवाइ टिकटमा १० प्रतिशत छुटसहित अन्य सुविधाहरू ल्याएको छ । बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एसिया स्काइ क्लब कार्ड सार्वजनिक गरेको हो । 

भिसा को–ब्रान्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहकले प्राप्त गर्न सक्नेछन् भने यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको छ ।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ । 

यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दासमेत उक्त छुट उपलब्ध हुनेछ । साथै उक्त कार्डको प्रयोग गरेबापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काइ क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यो कार्ड लिनका लागि ग्राहकले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन् । यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्यधिक फाइदाहरू उपभोग गर्ने बैंकले विश्वास लिएको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ