arrow

कुलमानलाई कारबाही गर्नुहुँदैन- अर्जुननरसिंह केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
arjunnarsingh-kc-2080-10-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताएका छन् । सांसद केसीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्नु नहुने बताएका हुन् । 

उनले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने-नगर्ने भन्दा पनि सम्पूर्ण बक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताए । उनले घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने बताए ।
 
उनले भने – ‘विद्युतिकरण र विद्युत् उपभोक्ताचाहिँ ६७ लाख परिबार छन् । त्यो परिवारसम्म पुग्ने सन्देश, कुलमानजी चाहिँ बाँकी बक्यौता सबै उठाउनुपर्छ भन्ने । अनि हामी चाहिँ कुलमानलाई कारबाही गर्ने भन्यौँ भने त्यसले सन्देश के जान्छ ? त्यसकारणले बाँकी बक्यौतालाई स्पष्ट रूपबाट २१ अर्ब ८८ करोड नै उठाउने । तर यसलाई तत्काल उठाऊ भनेर समय, सीमा तोकिदिने । र अहिलेसम्मको आयोग, उपसमितिको अध्ययनको सारांश केन्द्रित गराएर अहिलेसम्मका गर्नुपर्ने काम किन भएन र तत्कालै बाँकी बक्यौता असुल गर भन्ने शिवाय लेखा समितिले अरू कसलाई कारबाही गर्ने, नगर्नेमा प्रवेश नै गर्नु हुन्न भन्ने अडानमा म छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ