arrow

तीजमा तडक भडक नगर्न प्रशासनको उर्दी, अन्यथा कानून अनुसार कारबाही

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
teej-pashupati-2079-05-14.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउदै गरेको तीज मनाउने क्रममा अनावश्यक तडक भडक नगर्न आग्रह गरेको छ ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।

साथै प्रशासनले अनावश्यक तडक भडक र खर्चिलो हुने गरी तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरी कानून अनुसार कारबाही हुने स्पष्ट गरेको छ ।
  
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ