arrow

हवाई सुरक्षा

९८ दुर्घटना पाइलटले हवाई सुरक्षा नियम लागू नगरेर भएको महानिर्देशकको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
pradeep-adhikari-05-13.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरूले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको दाबी गरे । उनले नेपालका पाइलटहरूले नागरिक उड्डयन प्राधिकरणले बनाएको नियम भन्दा बाहिर गएर खराब मौसममा भित्र जहाज लैजाँदा दुर्घटना भएको बताए । 

उनले नेपाली पाइलटहरूले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणित भइरहेको उल्लेख गरे । उनले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवी पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भीर हुन आवश्यक रहेको बताए । उनले नेपालमा विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भएको भन्दै नेपालमा भएका धेरै हवाई दुर्घटनाहरू बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जङ्गलमा ठोकिएर भएको बताए । उनले भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भए पनि पाइलटहरूले पालना नगरेको बताए । 

उनले तथ्याङ्क हेर्दा धरै अग्रज पाइलटहरूको हवाई दुर्घटनामा मुत्या भएको बताए । उनले जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना नभएको उल्लेख गरे । उनले हवाई सञ्चालकहरू पनि धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले शेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर विरुद्ध सर्वोच्च पुगेकाले ठूलो क्षति हुन पुगेको दाबी गरे । उनले पछिल्लो दुई वर्षमा धेरै शेयर होल्डर पाइलटहरू हेलिकप्टर दुर्घटना भएर मुत्या भएको भन्दै यसको जिम्मा कसले लिने भन्दै सञ्चालकहरूलाई प्रश्न गरे । उनले शेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर विरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरू दुर्घटनामा परेकाले सञ्चालकहरूले सोच्न आवश्यक रहेको बताए । उनले हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादलभित्र जहाज लैजान भएको भन्दै अन्य कुनै समस्या नभएको बताए । उनले हवाई दुर्घटनाको समस्या ठाउँमा भए पनि सरकारले औषधि अन्य ठाउँमा लगाई रहेको बताए । 

उनले भने,‘हवाई दुर्घटना वृद्धि हुँदा धेरै गुमाइसक्यौँ । विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भयो । अनौठा खालका हवाई दुर्घटनाहरू नेपालमा भइदियो । अब पनि हवाई सुरक्षाका विषयमा नसोच्न र नगर्ने हो भने समयले धेरै पछाडि छोड्ने छ । नेपालमा भएका धेरै हवाई दुर्घटनाहरू बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोकिने र जङ्गलमा ठोक्किने गरेका छन् । नेपालको नागरिक उड्डयन प्राधिकरणको नियम छ । भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्ने नियम बनाएको छ । कति नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक खराब मौसमभित्र नजा भनेर पछाडि बस्नुप¥यो । होइन भने यो भन्दा बढी के गर्नुछ । तालिम छ । सुरक्षा विज्ञ पाइलटहरू छन् । तर स्टिल बादलमा छिर्नु हुन्छ । पाइलटहरूमा गोर्खाली बहादुरी धेरै भयो जस्तो लाग्छ । तथ्याङ्क हेर्दा धरै सिनियर पाइलटहरूको हवाई दुर्घटनामा मुत्या भएको छ । धेरै राम्रा मान्छेहरू गुमायौँ । ९८ वटा हवाई दुर्घटनामा बादल वा खराब मौसममा छिरेर भएको छ । त्यहाँ नछिरेको भए अहिलेको नेपालको हवाई उडानमा कालो दाग लाग्ने थिएन । जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना भएको भए छलफल गर्न हुन्थ्यो । तर सबै पाइलटहरू बहादुर भएकाले यस्तो भएको हो । हवाई सञ्चालक सार्थीहरुलाई पनि माथि जान वा पैसा कमाउन किन हो हतार छ । शेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर विरुद्ध सर्वोच्च पुग्नुभयो । कति जना शेयर होल्डर पाइलटहरू हेलिकप्टर दुर्घटना भएर मुत्या भयो । यसको जिम्मा कसले लिन्छ । शेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर विरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरू दुर्घटनामा परेर कति जनाको मुत्या भयो त्यसको जिम्मा कसले लिन्छ । यो कुरा सञ्चालकहरूले सोच्नुपर्छ । हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादल भित्र जहाज लैजानु हो । अन्य कुनै समस्या छैन । हवाई दुर्घटनाको समस्या ठाउँकोमा छ औषधि अन्य ठाउँमा लगाइरहेका छौं ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ