arrow

प्रकृति दोहनले मानव जीवनको दिनगिन्ती शुरुभयो- श्रममन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
saradsing-bhandari.jpg

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रकृतिको दोहनले मानव जीवनको दिनगिन्ती शुरु भएको बताएका छन् ।उनले प्रकृतिको अनावश्यक दोहनका कारण विपद्हरू दिन प्रतिदिन बढ्दै गएको बताए । उनले विकासलाई अघि बढाउँदा प्रकृतिमैत्री नबनाए ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित रहेको बताए । उनले सोलुखुम्बु लगायतका क्षेत्रमा हिमताल फुट्नुको सङ्केतले प्रकृतिलाई हानी पुर्‍याउनु नहुने कुराको सङ्केत गरेको उल्लेख गरे । 

उनले भने, ‘हामी कता जाँदै छौँ । डेभलपमेण्टलाई कसरी हेरिरहेका छौँ । विकास निर्माणलाई के हिसाबले हेरिरहेका छौँ । हामी भौतिक पूर्वाधारको क्षेत्रलाई कसरी हेरिरहेका छौँ । सोलु लगायतका विभिन्न ठाउँमा हिमतालहरू फुट्दै गइरहेको छ । त्यसको असर हामी हरेक दिन देखिरहेका छौँ । अब त दिन गिन्ती गर्न शुरु गरे हुन्छ । यसमा सबै जना सचेत हुनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ