arrow

नेपालमा जता हेर्‍यो त्यतै अवसर छ - चन्द्र ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
chandra-dhakal-05-13.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् । शुक्रबार काठमाौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताए । 

उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताए । उनले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासङ्घको नेतृत्वसम्म नआइपुग्ने बताए । उनले अहिले नेपाल बाहिर रहेका नेपालीहरूले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको बताए । उनले आम नागरिकहरूलाई विश्वासमा लिएर अघि बढ्न सके नेपालमा प्रचुर सम्भावना रहेको बताए । 

उनले भने, ‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन । हरेक हिसाबले नेगेटिभ हिसाबको मात्रै सोचाई छ । बाहिर बस्ने नेपालीहरू नेपालका मान्छे नराम्रो, नेपालमा अवसर छैन, उनहरूले नेपाल हरेक हिसाबले नकारात्मकता छ । सामाजिक सञ्जालको कारणले पनि त्यो सोच भएको हो की जस्तो लाग्छ । तर वास्तविकता त्यो होइन । नेपालमा अवसर छैन, थिएन, नेपालमा सम्भावना नभएको भए हामी जस्तो केही पनि नभएको व्यक्ति निजी क्षेत्रको छाता सङ्गठनको जिम्मेवारी लिन असम्भव थियो । नेपालमा जता हेर्‍यो त्यतै अवसर छ । जहाँ हेर्‍यो हो त्यहीँ छ । कोरोनाका कारण जुन सङ्कुचन आयो, यही बीचमा उद्योग वाणिज्य महासङ्घको जिम्मेवारी सम्हालेको हो । हरेक ठाउँमा निराशा थियो, आम नागरिकलाई विश्वासमा लिन जरुरी छ । यसबीचमा यसको लागि हामीले करिब डेढ वर्ष भयो, यो बीचमा त्यो आत्मविश्वास दिलाउन निजी क्षेत्रको तर्फबाट पहल गरेका छौँ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ