arrow
ADVERTISEMENT

भ्रष्टाचार विधेयकबाट हटाइयो पाँच वर्षे हदम्याद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
corruption-bill-parliament.jpg

काठमाडौँ। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ।

शुक्रवार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मति रूपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई हटाउने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिएका हुन्।

समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले हदम्याद सम्बन्धी व्यवस्था नराख्न सरकार तयार रहेको बताए।

विधेयकमा सरकारले भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव ल्याएपछि सांसदहरूसहित आम रूपमा चर्को आलोचना भएको  थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ