arrow

विकासमा छुटेको कर्णाली रास्वपाले जोड्छ : सभापति लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
rabi-lam.jpg
फाइल तस्बिर

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब आफ्नो पार्टीले जोड्ने बताएका छन् । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटकपटक नेतालाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गरे । 

उनले भने, “कर्णालीले जितेन, सधैँ हार्यो । अब विकासमा जोड्नका लागि आगामी चुनावमा यसले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ भन्ने अपेक्षा गरेको छु ।”

राजनीतिमा आँट, तागत र ढङ्ग हुन आवश्यक रहेको बताउँदै सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरुलाई स-सम्मानका बिदा गर्ने जिकिर गरे । 

उनले भने, “विकासमा कर्णाली छुट्यो तर यसले चुनेर पठाएका एकएकका परिवार गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ कोही छुटेको छैन् ।” 

घण्टीसँगै जिम्मेवारी, जनताको ‘एजेन्डा’ बोकेर अगाडि बढेको रास्वपालाई ०८४ को चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने उनले दाबी गरे । 

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सहर मात्र नभई गाउँगाउँमा पनि रास्वपा फैलिँदै गएको बताए ।

उनले रास्वपा चार महिना सरकारमा हुँदा विधिगत काम मात्र गरेको जिकिर गरे । 

सभापतिलाई अनावश्यक दुःख दिन समिति बनाए पनि त्यो गलत साबित हुँदै गएको जनाउँदै उनले वर्षौंदेखि रजगज गरेकाले भ्रम छर्ने काम गरेको आरोप लगाए । सासंद विनिता कठायतले रास्वपा कर्णाली विकासको आधारशिला हुने तर्क गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ