arrow

सभापतिका आरोपबारे बोलेकै भरमा पार्टीबाट निकालिएको भन्दै पुनरावेदन दिए मुकुलले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
mukul-dhakal-rsp-gs.jpg

काठमाडौँ । डा. मुकुल ढकालले आफूमाथि गरिएको कारवाहीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुनरावेदनको निवेदन दिएका छन् ।

ढकालले आफूलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन् । उनले आफूलाई पार्टीले हटाउने निर्णय गरेको ३५औँ दिन मात्र सो सम्बन्धी पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन् ।

उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफूमाथि कारबाही गरिनु निरङ्कुश शैली भएको उल्लेख गरेका छन् ।

उनले पार्टी सभापतिमाथि सहकारी रकम ठगी, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको र आफूले सोको विरोध गरेको निवेदनमा उल्लेख गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ