arrow

हेलिकप्टर दुर्घटनामा बेपत्ता १७ जनाको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
russia.png

काठमाडौँ ।  रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा गत शनिबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १७ जनाको शव फेला परेको छ । रुसको मन्त्रालयलका अनुसार बेपत्ता २२ जनामध्ये १७ जनाको शव आइतबार फेला परेको हो । 

उन्नाइस पर्यटक र तीन जना चालक दलका सदस्य लिएर उडेको उक्त हेलिकप्टर कामचट्का जङ्गली क्षेत्रमा बेपत्ता भएको थियो । 

उद्धारकर्ताहरूले आइतबार बिहान ९०० मिटरको उचाइमा पहाडी क्षेत्रमा हेलिकप्टरको अवशेष देखेको कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गरेको श्रव्यदृश्यमा उल्लेख गका छन् । 

दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष एउटा ठूलो जङ्गलको पहाडको टुप्पो नजिकै ढलानमा रहेको श्रव्यदृश्यमा देखिएको छ ।

सो दुर्घटनाग्रस्त हेलिकप्टर राडार रहेको स्थान नजिकै भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारी इभान लेमिखोभले भने, “उक्त क्षेत्रमा हामीले १७ शव फेला पारेका छौँ ।” 

दुर्घटनाग्रस्त एमआई हेलिकप्टर सोभियत सङ्घले निर्माण गरेको सैन्य हेलिकप्टर हो । 

यअघि सन् २०२१ अगस्त १३ तारिखमा पनि १६ जना पर्यटक सवार रहेको एमआई–८ हेलिकप्टर कमजोर दृश्यताका कारण कामचट्काको तालमा दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको थियो ।

सोही वर्षको जुलाईमा पनि एउटा विमान प्रायद्वीपमा अवतरण गर्ने क्रममा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ