arrow

चितवनमा डेंगी संक्रमणबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
dengue--ji-ha.jpeg

चितवन । डेंगी संक्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् ।
 
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए । उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । 
  
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेंगीको संक्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ