arrow

चलचित्र विकास बोर्ड अध्यक्षको कार्यभार सम्हाले डीसीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
dinesh-dc-president-fdb.jpg

काठमाडौँ । दिनेश डीसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न् । सोमबार बिहान सञ्चार मन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

कार्यभार सम्हाल्दै अध्यक्ष डीसीले आफूले बोर्डमा नयाँ ढंगले काम गर्ने बताएका छन् । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागि आवेदन दिएका मध्येबाट तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा डीसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ