arrow

पाँच सय करोड क्लबमा पुग्यो स्त्री–२ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
stree-2.jpg

काठमाडौँ । बलिवुड फिल्म स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । फिल्म रिलिजको तेस्रो सातामा ५०० करोड क्लबमा पुगेको छ ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले अहिलेसम्म ५०२ करोड ३५ लाख कमाइ गरेको छ ।  फिल्मले आइतबार मात्र २२ करोड १० लाख कमाइ गरेको थियो ।

फिल्मले रिलिजको पहिलो साता ३०७ करोड ८० लाख कमाएको थियो भने दोस्रो साता १४५ करोड ८० लाख कमाएको थियो । त्यस्तै फिल्मले रिलिजको तेस्रो साता ४८ करोड ७५ लाख कमाई गरेको थियो ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।

अमर कौशिकले निर्देशन गरेको स्त्री(२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ