arrow

पूजालाई समीक्षाको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
puja-sharma-samikchya-adhik.jpg

काठमाडौँ । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकाष्टमा दिएको अन्तर्वार्ताको भिडियो राख्दै फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न यस्तो चेतावनी दिएकी हुन्।

उनले भनेकी छन्, ‘अदालत नै पोडकाष्टहरु हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर सावित गरिदिएँ । त्यसयता सबै नर्मल नै चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ? सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमी मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनेँ , माने । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पीडा नदिनुस् प्लिज ।'

अभिनेता पल शाहसँग एक पोडकाष्टमा एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानूनले नै निर्दोष सावित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘भगवान् छ सत्यको जित हुन्छ । कानूनले नै प्रुभ गरिसकेको कुरा हो । कानूनले बोलिसकेपछि सकियो के, यहाँ कसैले बोल्न जरुरत छैन । पललाई कसैले नाम ट्याग गर्न जरुरत छैन ।’

अभिनेता पल र पूजा नयाँ फिल्म ‘रावायण’ मा एकसाथ आउदै छन् । यस फिल्ममा अभिनेत्री पूजा निर्मात्री पनि हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ