arrow

समितिमा परराष्ट्रमन्त्री

मोदीले नेपालको राजकीय भ्रमणका लागि मातहतका निकायलाई आदेश गर्नुभएको छ- परराष्ट्रमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
arju-rana-05-18.jpg

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी शुरु भएको परराष्ट्रमन्त्री आरजू राणा देउवाले बताएकी छन् । हालै भारत भ्रमण सम्पन्न गरेर फिर्ता भएकी परराष्ट्रमन्त्री देउवाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र भारतीय प्रधानमन्त्री मोदीलाई दिएको र उनले त्यसको तयारीका लागि सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएको बताइन् । 

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले प्रधानमन्त्री ओलीले नेपालको राजकीय भ्रमणका लागि पठाएको नियन्त्रणालाई भारतीय समकक्षी मोदीले सहर्ष स्वीकार गर्दै समय तालिकासहितको तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिइन् । परराष्ट्रमन्त्री देउवाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विषयमा जोड दिएको पनि स्पष्ट पारिन् ।
 
उनले भनिन्, ‘भारत भ्रमणको क्रममा मैले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको तर्फबाट भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई व्यक्त गर्नु भएको न्यानो अभिवादन शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि उहाँले दिनु भएको नियन्त्रणलाई पनि औपचारिक रूपमा हस्तान्तरण गरेँ । र, त्यसको उहाँले सहर्ष स्वीकार गरेर आफ्नो टीमलाई भ्रमणको एउटा टाइम बनाउनु भनेर त्यही बेलामा आदेश पनि गर्नु भएको थियो ।’

परराष्ट्रमन्त्री देउवाले आफूले भारत भ्रमणको क्रममा त्यहाँका समकक्षी एक जयशंकरसँग दुई मुलुकबीचमा विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरेको पनि बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ