arrow

सर्पले डसेर युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
Red_carpet_snakes.jpg
फाइल तस्बिर

सर्लाही । सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको ज्यान गएको छ । हरिवन नगरपालिका-८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको मृत्यु भएको हो ।

आलेलाई गएराति शौचालय जाने क्रममा गोमन सर्पले डसेकामा उनलाई लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्याइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

गएराति नै सर्पले डसेको भए पनि मंगलबार बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ