arrow

श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
rashifal-horoscope-2-1619916090.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ भाद्र १९ गते बुधबार, इस्वीसंवत सेप्टेम्बर ४ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको प्रतिपदा तिथि बिहानमा ८ः०५ बजेसम्म त्यसपछि द्धित्तीया तिथि लाग्नेछ । नक्षत्रमा उत्तराफाल्गुनी रातिमा ५ः३२ बजेसम्म त्यसपछि हस्ता नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा साध्य ३७ घटि ३३ पलासम्म त्यसपछि शुक्ल योग रहनेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा प्रवर्द्ध रहनेछ ।

सूर्य सिंह राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३१ घटि २७ पला अर्थात १२ घण्टा ३६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४४ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ६ः३४ बजे र अस्ताउने समय साँझमा ७ः०५ बजे रहेको छ । आज गुँला पर्व समाप्ति हुने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज शुभ समय रहेको छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ । बोलीको प्रभाव बढ्नेछ । आर्थिक क्षेत्र सबल भएर जानेछ । तर बैंकिङ क्षेत्रले तपाइँलाई निकै तनाव दिन पनि सक्ने ग्रहगोचर परेको छ ।

वृष : आज बिहानको समय केहि नराम्रो रहेकाले खर्च हुने, विवाद हुने रहेपनि दिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ । प्रेम जीवनमा रहेकाको प्रेमी-प्रेमिकाको साथ घुमघाम तथा राम्रो समय व्यतित हुन सक्छ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ ।

मिथुन : आज समय शुभ छैन । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्च बढ्न सक्छ । आर्थिक सङ्कटले मनमा अशान्ति हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । टाढाको यात्रा फलदायी हुँदैन । आज उत्तरतर्फको यात्रा गर्नु पनि राम्रो हुँदैन । नयाँ कामको थालनी सकभर नगर्दा राम्रो हुनेछ ।

कर्कट : आज समय शुभ छ । नयाँ काममा हात हाल्ने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । दाजुभाइ बीच मेलमिलाप हुने देखिन्छ ।

सिंह : आज समय राम्रो छ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । आज धार्मिक भ्रमण अत्यन्तै राम्रो हुने देखिन्छ ।

कन्या : आज समय भरपर्दो रहनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

तुला : आज समय शुभ छैन । मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा समय केन्द्रित हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त नबुझ्न सक्छ । मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय दिनु राम्रो हुन्छ । प्रेम जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ ।

वृश्चिक : आज समय शुभ छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रु पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशिर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।

धनु : आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कस्सिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर : आज समय शुभ छ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइनेछ । आज आफन्तसँगको भेटघाटले मनमा उत्साह छाउने देखिन्छ ।

कुम्भ : आज पनि समय शुभ छैन । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । व्यवहारिक काममा यात्रा गर्नुपर्ने हुन सक्छ । गरिरहेको काममा कडा मेहेनत गर्नुपर्नेछ भने नयाँ काम र लगानीको लागि उचित समय रहेको छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । पारिवारिक जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नलाग्न सक्छ । सकभर यात्रा नगर्नुहोला ।

मीन : आज समय राम्रो छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धन लाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइइनेछ । रोकिएका काम पुन: सुरु हुन सक्छन् । विगत सापटी दिएर फिर्ता हुन कठिन भएको धन आज फिर्ता हुने सम्भावना देखिन्छ ।
साइतः सूर्य सिंह राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तर यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४२ बजेदेखि ७ः१७ बजेसम्म लाभ बेला
बिहान ७ः१७ बजेदेखि ८ः५३ बजेसम्म अमृत बेला
बिहान ८ः५३ बजेदेखि १०ः२८ बजेसम्म काल बेला
बिहान १०ः२८ बजेदेखि १२ः०३ बजेसम्म शुभ बेला
मध्यान्ह १२ः०३ बजेदेखि १ः३९ बजेसम्म रोग बेला
दिनमा १ः३९ बजेदेखि ३ः१४ बजेसम्म उद्धेग बेला
दिनमा ३ः१४ बजेदेखि ४ः४९ बजेसम्म चर बेला
दिनमा ४ः४९ बजेदेखि ६ः२५ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२५ बजेदेखि ७ः४९ बजेसम्म अमृत बेला
साँझ ७ः४९ बजेदेखि ९ः१४ बजेसम्म काल बेला
राति ९ः१४ बजेदेखि १०ः३९ बजेसम्म शुभ बेला
राति १०ः३९ बजेदेखि १२ः०४ बजेसम्म रोग बेला
राति १२ः०४ बजेदेखि १ः२८ बजेसम्म उद्धेग बेला
राति १ः२८ बजेदेखि २ः५३ बजेसम्म चर बेला
रातिमा २ः५३ बजेदेखि ४ः१८ बजेसम्म लाभ बेला

राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ