arrow

नेपाल आउँदै अनुराग कश्यप र नवाजुद्धिन सिद्धिकी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
nawajuddin-anurag.jpg

काठमाडौँ । बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी फिल्म शम्भालाको प्रिमियरमा सहभागी हुन नेपाल आउँदैछन् । मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ, जसका लागि उनीहरू भदौ २२ मा नेपाल आइपुग्ने छन् ।

निर्देशक भाम र नवाजुद्दिनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो, जहाँ नवाजुद्दिनले ‘शम्भाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए । त्यस समयमा उनीहरूबीच सँगै काम गर्ने कुराकानी पनि भएको थियो । यसपटक नवाजुद्दिन र अनुराग कश्यप विशेष अतिथिको रूपमा प्रिमियरमा उपस्थित हुनेछन्,’ फिल्मका एसोसियट निर्माता मिन्सो लिम्बूले बताए।

‘शम्भाला बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो। हालै, यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि बोक्कालिनो डिओरु अवार्ड जितेकी छन्। फिल्म नेपालमा भदौ २८ देखि प्रदर्शनमा आउँदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ