arrow

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको २४औँ साधारण सभा पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
rastriya-lok-hohori-prathisthan.jpg

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २४औँ साधारणसभा तथा विधान अधिवेशन पोखरामा हुने भएको छ । आगामी असोज ११ र १२ गते साधारणसभा तथा विधान अधिवेशन हुने भएको हो ।

कार्यक्रमका लागि तयारी तीव्र बनाइएको छ । कार्यक्रमका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश सहआयोजक र कास्की शाखाले व्यवस्थापनको जिम्मेवारी पाएको छ ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले साधारणसभा र विधान अधिवेशन प्रतिष्ठान र नेपाली लोक सङ्गीतको विकासका निम्ति अर्थपूर्ण बन्ने विश्वास लिएकी छन् ।

उनले भनिन्, साधारणसभाका लागि पोखराबासीलगायत स्वदेश तथा विदेशमा रहने लोक तथा दोहोरी सङ्गीत प्रेमी आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीको साथ, सहयोग, सल्लाह, सुझाव एवं शुभेच्छा प्राप्त हुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ