arrow

मावली आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
dhanusha-final.png

धनुषा । धनुषामा पोखरीमा डुबेर तीन बालकको ज्यान गएको छ । मावली घरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको हो ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह छन् ।

मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान आएको बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ । मृतक बालकहरू साहका तीन वटा छोरीका छोरा रहेको बताइएको छ ।

साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिए ।

तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ