arrow

तीजमा पशुपतिका चारै ढोका बिहान तीन बजेबाट खुला, दर्शन गर्न जाने यी हुन् मार्ग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
teej-pashupati.jpg

काठमाडौँ । हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार नेपालीहरू महिलाहरूले हर्षोल्लासपूर्वक तीज पर्व मनाउने गर्दछन् । जसका लागि महादेव पशुपतिनाथको मन्दिरमा तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोसले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । 

उनले भगवान् श्री पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता चप्पलकक्षबाट जत्ता-चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको बताए । त्यस्तै मित्र पार्क, जयवागेश्वरी-गौशाला-भुवनेश्वरी-शकराचार्यमठ दक्षिण हुँदै फलामेपुल-पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिए । 

पिङ्गलास्थानबाट बनकाली, चारशिवालय-पञ्चदेवलपूर्व-बजघर-दक्षिण ढोकासम्मको लाईनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिणढीका हुँदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निर्माण गरिएको जुत्ता-चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको बताए । तिलगंगा राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पल सरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ । उनले दर्शननार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको बताए । 

श्री पशुपतिनाथको मन्दिर श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाको बेलामा समेत सकेसम्म जाली राखी बाहिरबाट दर्शन गर्न सक्ने गरी व्यवस्थापन मिलाइने बताए । पशुपतिनाथको दर्शन गरेर फर्कँदा पशुपति मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि भगवान् श्री पशुपतिनाथको चन्दन पश्चिमहाका बाहिर सानो सदावतं सत्तल अगाडी साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयबागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ