arrow

दीपकराज जोशी पर्यटन बोर्डको सीईओमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
dipakraj-joshi-ceo-tb-81-5-20.jpg

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।

बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो । सीईओ छनोट समितिले जोशीसहित निवर्तमान सीईओ धनञ्जय रेग्मी र ज्ञानेश्वरसिं महतोको नाम सिफारिस गरेको थियो ।

जोशी यसअघि २०१५ देखि २०२० सम्म पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बनिसकेका व्यक्ति हुन् । गत जनवरी २८ मै धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्डको प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ