arrow

रोनाल्डोले नौ सय गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
ronaldo-24-9-5.jpg

काठमाडौँ । पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा क्रोएसियालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा डिएगो डोलाट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै क्रोएसियाका लागि पोर्चुगलका डोलाटले नै आत्मघाती गोल गरेका थिए ।

रोनाल्डोले आफ्नो करियरमा नौ सय गोल गरेका छन् । रोनाल्डोले क्लबबाट ७६९ र पोर्चुगलका लागि १३१ गोल गरेका छन् ।

पोर्चुगलले अब नेसन्स लिगको दोस्रो खेलमा सेप्टेम्बर ९ तारिख सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । त्यस्तै क्रोएसियाले सेप्टेम्बर ९ मा पोल्याण्डसँग खेल्दै छ ।

बालोन डी’ओरमा दुई दशकदेखि निरन्तर मनोनयनमा पर्दै आएका रोनाल्डो पहिलो पटक यसपालिको बालोन डी’ओरको मनोनयनमा नपरेपछि उनको युग सकिएको अनुमान गरिएको छ । 

तर त्यसको जवाफ उनले देशका लागि गोल गरेरै आफू अझै पनि सक्षम रहेको प्रमाणित गरेका छन् । 

    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ