arrow

हरितालिका तीजका दिन पशुपतिमा व्रतालु [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
teej-2081-min[1].jpg

काठमाडौँ । आज देशभरका शिवालयहरूमा हरितालिका को व्रत बस्ने महिलाहरूको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु एवं व्रतालु महिलाहरूको भीड छ । 

अविवाहित महिलाले राम्रो श्रीमान् पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनसायसहित व्रत बस्ने चलन छ । निराहार व्रत बसे मनोकामना पूरा हुने शास्त्रोक्त कथन छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ । वरदान विपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरित भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइनन् । 

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको शास्त्रीय कथन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ