arrow

डुबेर बेपत्ता युवकको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
Aurahi_Gapa.png

धनुषा । धनुषामा सशस्त्र प्रहरीको गोताखोर टोलीले डुबेर बेपत्ता एक जना व्यक्तिको शव फेला पारेको छ ।

जिल्लाको औरही गाउँपालिका-५ र ६ को सिमानामा रहेको नहरको बाँधमा डुबेर बेपत्ता स्थानीय १८ वर्षीय सुन्दर मण्डललको शव गोताखोरको टोलीले फेला पारेको हो ।

बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता उनको शव गोताखोरको टोलीले आज फेला पारेको सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता मण्डललाई खोजताल गर्दा नभेटिएपछि सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनी बर्दिवासका गोताखारको टोली र सोनिगामा वेस क्याम्पका विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले खोजी गरेको थियो ।

बेपत्ता मण्डललको शव डुबेको स्थानबाट दुई किलोमिटर दक्षिणतर्फ अवस्थामा फेला परेको जनाइएको छ ।

मण्डलको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ