arrow

नेपालको बेथा

एक वर्षमा ७ हजार २२३ जनाले गरे आत्महत्या [भिडियो]

१५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
aatmahatya-05-23.jpg

काठमाडौँ । नेपालमा आर्थिक वर्ष २०८०-०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा सो तथ्याङ्कबारे जानकारी गराइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०-०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए । उनले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको बताए ।

एसडिजीको लक्ष्य ४.७ मा झार्ने भए पनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोर किशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताए । उनकाअनुसार आत्महत्याका धेरै कारणहरूमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताए । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताए ।
 
उनले भने, ‘आत्महत्याका धेरै कारणहरू छन् । सबै व्यक्तिमा एउटै कारण त हुन्न । तर मुख्य कारणहरू हेर्दा बायोलोजिकल कुराहरू, मानसिक रोगका कुराहरू पनि छन् । फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण पनि छन् । सामाजिक र सांस्कृतिक कारणहरू पनि छन् । आर्थिक कारणले पनि धेरैले आत्महत्या गरेका छन् । आत्महत्याको विद्यमान कारणहरू मृत्युका कारणहरूमध्ये आत्महत्या १५ औँ कारण हो । वार्षिक ७ लाख मानिसहरू आत्महत्याको कारणले मृत्यु वरण गर्दा रहेछन् । हरेक ४० सेकेन्डमा एक मानिसले आत्महत्या गर्दा रहेछन् । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू लो एन्ड मिडिल इन्कम देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एसियामा मात्रै ३९ प्रतिशत रहेको छ । अध्ययनका अनुसार ४ लाख ५५ हजार प्रतिवर्षको दरले मृत्यु भइरहेको अध्ययनले देखाएको छ । नेपालको हकमा गत आर्थिक वर्ष २०८०-०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । सरदर दिनमा २० जनाले आत्महत्या गर्दा रहेछन् । प्रतिलाखले २५ जना हुन्छ । हाम्रो एसडिजीको लक्ष्य ४.७ मा झार्ने छ । यो बढ्दै गएको छ । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोर किशोरीले आत्महत्या गर्ने सोच राख्दा रहेछन् । १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या हो, नेपालको सन्दर्भमा ।’


विश्वमा मृत्युका कारणहरूमध्ये आत्महत्या १५ औँ कारण रहेको बताए । विश्वमा वार्षिक ७ लाख मानिसहरू आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्याङ्क रहेको छ । विश्वमा हरेक ४० सेकेन्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको उनले बताए । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एसियामा मात्रै ३९ प्रतिशत रहेको छ । यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ