arrow
ADVERTISEMENT

म्याग्दीकी कृष्टिनाले जितिन् मिस मगरको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
miss-magar-2081.jpg

पोखरा । सातौँ मिस मगर नेपालको उपाधि म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छन् । एसटी क्रियसन म्यानेजमेन्ट प्रालिद्वारा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै म्याग्दी दग्नामकी कृष्टिनाले उपाधि जितेकी हुन् ।

उनले १ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी तथा आकर्षक गिफ्ट ह्याम्पर हात पारिन् । उनले मस्ट चार्मिङको अवार्डसमेत हात पारेको कार्यक्रम निर्देशक सुरज थापा मगरले जानकारी दिए ।

फर्स्ट र सेकण्ड रनर अपसमेत म्याग्दीकै आशिका गर्बुजामगर नरिशा पुनमगर घोषित भए । उनीहरूले क्रमशः जनही ५० र २५ हजार प्राप्त गरे । आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिपको उपाधि हात पार्दा नरिशाले फोटो जेनिक अवार्ड थापिन् ।

थर्ड रनरअप महोत्तरीको गौशालाकी रश्मी आलेमगर भइन् । १५ हजार हात पारेकी विधागतमा मस्ट ट्यालेन्टेड र बेस्ट पर्सनालिटी पनि बनिन् ।

भ्यूअर च्वाइसमा स्याङ्जाको वालिङकी माया दर्लामीमगर बनिन् । उनले मस्ट फ्रेन्ड्ली उपाधिसमेत चुमिन् ।

मोस्ट डिस्प्लिन जानकी रास्कोटीमगर, बेस्ट ट्रेनी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट दिपीका आलेमगर भइन् ।

मस्ट डेडिकेटेड अस्मिता बुढामगर, मस्ट पपुलर र क्रियटिभ सरिता थापामगर, इन्थुजियास्टिक जेरुशा पुनमगर बनिन् ।

प्रतियोगितामा ११ प्रतिस्पर्धी ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ