arrow
ADVERTISEMENT

सर्वोच्चले कोरोना बीमा भुक्तानीको रिटमा जारी गर्‍यो अग्राधिकारसहित कारण देखाउ आदेश 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
supreme-court-photo-oli.jpg

काठमाडौँ । कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा हालेको रिटले अग्राधिकार पाएको छ ।

सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाउ आदेश जारी गर्दै यस मुद्धालाई अग्राधिकार समेत दिएको छ ।  

निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बिमा प्राधिकरणलाई विपक्षी बनाएर आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सरकारले रकम नदिँदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् । सरकारले कोरोना बीमा बापतको १० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेका कारण लाखौं बिमितले तीन बर्षदेखि भुक्तानी पाएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ