arrow
ADVERTISEMENT

नवाजुद्दीन सिद्दिकीको इच्छा नेपाली फिल्ममा अभिनय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
nawajuddin-siddiqui-81-5-22.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बलिवुड अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् । निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले संजय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिँदै आफूले नेपाली फिल्ममा काम गर्ने बताएका हुन् । 

नवाजले आफूले नेपाली फिल्ममा केही न केही काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताए । उनले भने, ‘म अभिनयको सवालमा केही गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट फिल्म बनेको छ । यस्तो फिल्म बनाउन ठुलो साहस चाहिन्छ । फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट छ । फिल्मको सिनेमेटोग्राफी उत्कृष्ट छ ।’

अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफूले न्यानो आतिथ्य पाएको बताउँदै नेपालीहरुले निकै राम्रो व्यवहार गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ