arrow
ADVERTISEMENT

नेपालमा अब राम्रो चलचित्र निर्माण हुने माहोल छ- नवाजुद्दीन सिद्दिकी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
Nawazuddin-Siddiqui.jpg

काठमाडौँ । भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन् । सोमबार काठमाडौँमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बलाले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको बताएका हुन्। 

उनले निर्देशक मीनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए । उनले देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरू आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गरे । 

उनले भने, ‘एउटा देश एक पटक मात्रै त्यस्तो मानिसहरू आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरू कुनै पनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन् । त्यसले एउटा माहोल बन्छ । अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरू आउँछन् । जो अहिले पनि छन् । अब उनीहरूले नेपाली सिनेमा क्षेत्रको माहोल अझै बढ्नेछ । उनीहरूले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ