arrow
ADVERTISEMENT

डेंगीबाट ५३४ सङ्क्रमित, पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
dengue--ji-ha.jpeg

काठमाडौँ । बङ्गलादेशमा मङ्गलबार मात्रै डेंगी सङ्क्रमणबाट पाँच जना मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार थप ५३४ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष हालसम्म डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ । 

तथ्याङ्कअनुसार सेप्टेम्बरमा मात्रै तीन हजार नौ सय ७८ डेंगीका बिरामी पुष्टि भएका थियो भने अगस्टमा छ हजार ५२१ र जुलाईमा दुई हजार छ सय ६९ जनामा डेंगीको सङ्क्रमण देखिएको थियो । 

मन्त्रालयका अनुसार डेंगीका कारण सेप्टेम्बरमा १९, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । जुन–सेप्टेम्बर मनसुनको समय भएकाले बङ्गलादेशमा लामखुट्टेबाट हुने रोगको जोखिम उच्च मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ