arrow
ADVERTISEMENT

रास्वपा उपसभामुख प्रकरणमा प्रतिकार गर्न पर्ख र हेरको अवस्थामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
rsp-meeting-81-5-26.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख ईन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ । बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनले भने,  ‘लगभग १८–१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नु भएको रहेछ । उहाँले अन्तर्वार्ताका लागि अमेरिकी दूतावासमा पत्राचार गर्नुभएको रहेछ । त्यो सही विषय त थिएन । आज आएर गलत भएको पनि होइन, उहाँहरुले अहिले दाउपेचमा पार्नु भएको छ। गठबन्धन बनेपछि यो विषय सान्दर्भिक भएको हो । यसमा नराम्रो भयो भने कानूनी प्रक्रिया छ नि । छानबिन हुनुपर्छ । रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ।’

उनले संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि कांग्रेसको पहलमा यो कदम चालिएको बताए । झाले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताउँदै यस विषयलाई कसरी प्रतिकार गर्ने भन्ने तयारी गरिरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ