arrow
ADVERTISEMENT

स्व.नेम्वाङको नाममा प्रतिष्ठान निर्माण गर्ने ओलीको घोषणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
kp-oli-05-25.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेको छ । बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेको हो । उनले सुवासचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरूलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताए । उनले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रवार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पारे । 

प्रतिष्ठान बनायो छोड्यो गर्ने नभई नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशील इच्छा, आकंक्षा र प्रवृत्ति अनुरूप भल्नुपर्न बताए । नेताहरूका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि बताए । पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजी सम्पत्ति झैँ लगेको बताए । उनले पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने बताए । 

उनले भने, ‘सुवासचन्द्र नेम्वाङजीको स्मृतिलाई ताजै राख्नका लागि र उनको सम्झनामा उनका आदर्शहरूलाई पछ्याएर केही कामहरू गरिरहनेका लागि हामी एउटा सुवासचन्द्रजीका नाउँमा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौँ भन्ने घोषणा गर्न चाहन्छु । यो यस्तो प्रतिष्ठान हामी एउटा प्रतिष्ठान बनायो छोड्यो होइन, एउटा प्रतिष्ठान समातेर बस्यो काम केही नगर्‍यो होइन । नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशील इच्छा, आकंक्षा र प्रवृत्ति अनुरूप चल्नेछ । अनि मात्रै त्यस्तो प्रतिष्ठानहरूको औचित्य हुन्छ । हामी अहिले रहेको अरू पनि प्रतिष्ठानहरूलाई जुन प्रतिष्ठानहरू निष्क्रिय छन्, सक्रिय छैनन् त्यस्ता प्रतिष्ठानहरूलाई सक्रिय बनाउँछौँ । नेताका नाममा प्रतिष्ठान हुने, तर त्यो प्रतिष्ठान देशका लागि नहुने । अनि कसैले त्यसलाई कब्जा गरेर बस्ने ? पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो, खेलो फड्को गर्दै माधव नेपाल जस्ता मान्छेहरू अध्यक्ष भए, पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी प्रपर्टी जस्तो । पुष्पलालजी कुद्नुभएको हो र पार्टीबाट माधव नेपाल पो कुद्नुभएको त । पुष्पलाल त कुद्नुभएको होइन नि । पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ? अर्को एक जनाले मदन भण्डारी अन्तर्राष्ट्रिय स्कुल भनेर खोल्या छ । अनि मदन भण्डारीका विचार भन्दा फरक कुराहरू सिकाउने गरेर त्यसको दुरुपयोग गरेको छ । यस्ता कुरालाई समय क्रममा हामीले आन्दोलनको हितमा, जनता, देशको पक्षमा उभ्याउनुपर्छ । कसैलाई कब्जा गरेर बस्न दिनु हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ