arrow

संसद्‌मा कांग्रेस सांसदले मागिन् उपसभामुख रानाको राजीनामा [भिडियो]

उपसभामुख रानाले पदबाट राजीनामा दिनुपर्छ- सांसद गौतम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
pratima-gautam-05-25.jpg

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन सुझाव दिएकी छन् । उपसभामुख रानाले आफ्नो पदीय मर्यादालाई कायम राख्न पनि पदबाट राजीनामा दिनुपर्ने उनको जिकिर थियो । बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गौतमले उपसभामुख जस्तो व्यक्तिले असम्बन्धित मान्छेलाई अमेरिका लैजानका लागि सिफारिस गर्ने कुरा पदीय जिम्मेवारी विपरीत र अपराधजन्य कार्य भएको पनि बताइन् । उनले महिलाको कुरा गरेर, करुणाको कुरा गरेर उनबाट भएको गल्तीलाई माफी दिन नसकिने पनि बताइन् । 

सांसद गौतमले भनिन्,‘यस सभामा उपसभामुखमाथि प्रश्न उठेका छन् सभामुख महोदय । प्रश्न इन्दिरा राना मगरमाथि होइन, उपसभामुख इन्दिरा राना मगरको हो । उपसभामुखको पदीय जिम्मेवारी र मर्यादाको कुरा हो । उपसभामुख जस्तो जिम्मेवारीमा रहेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग हो । र, यो गम्भीर अपराध समेत हो । जसको सन्दर्भमा स्वयम उपसभामुखज्यूले साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुराहरू स्वीकार गरिसक्नु भएको छ । यसबारेमा म धेरै भन्न चाहन्न । उपसभामुख महोदय, यहाँ करुणाको कुरा उठ्यो । सङ्ख्याको कुरा पनि उठ्यो । महिलाको कुरा पनि उठ्यो । तर यहाँ विषय करुणा र सङ्ख्या अनि महिलाको होइन । संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरो हो सभामुख महोदय । मेरो उपसभामुखज्यूलाई आग्रह छ–तपाईँले इमानको मानक राख्नुस्, मार्ग प्रशस्त गर्नुस् । उपसभामुख पदबाट राजीनामा दिनुस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ