arrow
ADVERTISEMENT

दशैँका लागि चिल्ला नोट असोज १३ गतेदेखि साट्न पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
naya-note.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । दशैँका लागि असोज १३ गतेदेखि चिल्ला नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको हो। 

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर,वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्त्र र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंककले जनाएको छ।  

साथै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ । हरेक वर्ष दशैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र दिने भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ