arrow
ADVERTISEMENT

भारतले सेमीकन्डक्टर मिशन विस्तार गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
semiconductor.jpg

काठमाडौँ । भारतमा केन्द्र सरकारले चाँडै नै सेमिकन २.० कार्यक्रम अनावरण गर्ने केन्द्रीय इलेक्ट्रोनिक्स र सूचना प्रविधिमन्त्रीले बुधबार घोषणा गरेका छन् । 

“हाल हामी सेमिकन २.० कार्यक्रम तयार गर्दैछौँ । यो सेमिकन १.० को धेरै विस्तारित रूप हुनेछ”, मन्त्री अश्विनी वैष्णवले पत्रकारहरूलाई भने । कार्यक्रमको पहिलो चरण धेरै हदसम्म पूरा भएको छ ।

“सेमिकन २.० तीनदेखि चार महिनामा अनावरण हुन सक्छ । दोस्रो चरण पूर्ण मूल्य शृङ्खलामा केन्द्रित हुनेछ”, उनले भने ।

भारतमा सेमिकन्डक्टर इकोसिस्टमको विकासका लागि कार्यक्रम (सेमिकन १.०) सन् २०२१ डिसेम्बर २१ मा अधिसूचित गरिएको थियो । यसको कूल परिव्यय ७६ हजार करोड रुपैयाँ थियो ।

भारत भविष्यमा सम्पूर्ण सेमीकन्डक्टर इकोसिस्टम मुलुकका रूपमा आइरहेको वैष्णवले उल्लेख गरे । “विश्वव्यापी उद्योगका नेताहरूले भारतको बढ्दो सेमीकन्डक्टर इकोसिस्टमको प्रशंसा गरिरहेका छन्”, उनले भने ।

मोहालीको सेमीकन्डक्टर ल्याबको स्तरोन्नतिको योजना तयार भएको र छिट्टै मन्त्रिपरिषद्मा लैजाने पनि मन्त्रीले जानकारी दिए । 

सरकारले भारतमा हालसम्म पाँचवटा सेमीकन्डक्टर युनिट स्वीकृत गरिसकेको छ । तीमध्ये दुई वटा साइटमा निर्माण भइरहेको छ भने बाँकी तीन वटाको काम चाँडै सुरु हुनेछ ।

भारतको इलेक्ट्रोनिक्स क्षेत्रको मूल्य अहिले एक सय ५० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबारको सोही कार्यक्रममा जानकारी दिए । 

उनले यस दशकको अन्त्यसम्ममा देशको इलेक्ट्रोनिक्स क्षेत्रलाई पाँच सय अर्ब अमेरिकी डलरमा पुर्‍याउने र ६० लाख रोजगारी सृजना गर्ने बृहत् लक्ष्यको रूपरेखा प्रस्तुत गरे ।

“हाम्रो लक्ष्य भनेको एक सय प्रतिशत इलेक्ट्रोनिक उत्पादन भारतमा हुनुपर्छ”, मोदीले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ